राजनीति
एमालेको पालिका अधिवेशन आज हुँदै
विराटचोकः नेकपा एमालेले आज देशभर पालिका अधिवेशन गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
एमालेले पालिकामा अध्यक्षलगायत पदाधिकारी र सदस्य चुन्ने भएको हो । एमालेले यही कात्तिक ६ गते वडा अधिवेशन गरेको थियो ।
एमाले उपाध्यक्ष भीम रावलले भने सुदूरपश्चिमका अधिकांश वडामा अधिवेशन नभएको बताएका छन् । एमालेले दशौं केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने भएको छ ।
एमालेको परिमार्जित विधान अनुसार गाउँपालिका, नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् ।
Facebook Comment
Banner
माटो बचाऔ स्वास्थ्य रहौ भन्ने मुल नाराका साथ मारुति हाईजिन प्रालि को आयोजनामा १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ
माटो बचाऔ स्वास्थ्य रहौ भन्ने मुल नाराका साथ मारुति हाईजिन प्रालि को आयोजनामा १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । माटो मा प्रयोग गरिने रासायनिक मलको प्रयोगले स्वास्थ्य र वातावरण मा बढ्दै गएको नकारात्मक असरलाई न्युनिकरण गर्दै अन्त्य गर्ने उदेश्य राखि रासायनिक मलको विकल्पमा अर्गानिक जैविक मलको प्रयोग गरि अर्गानिक उत्पादनका लागि जोड दिने उदेश्यले जैविक मलको उपयोगिता र महत्वबारे विज्ञद्वारा प्रशिक्षण दिएको आयोजक संस्थाका माटो बचाउ अभियान का अभियान्ता अनुरोध शाह ले बताए । कार्यक्रम मारुति हाईजिन नेपालका अध्यक्ष राजन निरौलाको अध्यक्षता तथा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुराँगाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
Banner
‘लास्ट बेन्चर’ मुख्यमन्त्री भन्छन्– अगाडि बस्नेले सर र किताब मात्र चिन्यो, मैले सबै चिनेँ
‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ?’ – केदार कार्की
Banner
विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो सुन्दरहरैचा नगरपालिका
विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो सुन्दरहरैचा नगरपालिका
सुन्दरहरैंचा
सुन्दरहरैचा नगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना अनुसार स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सुन्दरहरैचा नगरपालिकामा आइतबार सम्पन्न गरेको छ । नगर प्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णयहरु गर्दै सुन्दरहरैचालाई विपद्को समयमा बचाइ राख्न विशेष योजना अघि सारेको छ ।
१. बैठकबाट विपद् सहायता केन्द्र स्थापना गर्ने,
२. विपद्को अवस्था, पूर्व तयारी, विपद् सम्बन्धी विशेष सहजीकरण गर्न २४ सै घण्टा सेवा प्रवाह गर्न विपद् व्यवस्थापन सम्पर्क व्यक्तिको रुपमा वासुदेव अधिकारीलाई तोकेको छ ।
३. विपद् व्यवस्थापनका लागि आवश्यक सामाग्री व्यवस्थापन गनर्,े
४. विपद् पूर्व तयारीका लागि खोला , खोल्सी, बाटाहरुमा अव्यवस्थित रहेका सामग्री हटाउने,
५. सुन्दरहरैचाभित्र रहेका संकटासन्न क्षेत्र ( विपद्को जोखिम क्षेत्र) पहिचान गरी सचेतनाका कार्यक्रम संचालन गर्ने
६.सुन्दरहरैचा वडा नं. ३ आगोलागीबाट क्षति भएको परिवार र वडा नं ४ हुरीबतासबाट क्षति भएको परिवारलाई कानूनमा व्यवस्था भए अनुसार आवश्यक सहयोग गर्ने ,
७. विपद्को समयमा उद्दार टिमलाई तयारी अवस्थामा राख्न भू.पू. सैनिक, प्रहरी र वर्तमान प्रहरी प्रशासनलाई विशेष प्राथमिकतामा राख्ने साथै राहत सामग्री र पूर्नस्थापना गर्ने स्थानहरुको पहिचान गर्ने निर्णय बैठकले गरेको छ । सुन्दरहरैचाले विपद्को पूर्व तयारी र विपद्को समयमा सबै मिलेर सहयोग गर्न आग्रह गरेको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login